बुधबार पोखराका १२ सहित गण्डकीमा थप १५ जनामा कोरोना पुष्टि, १६ जना कोरोनामुक्त

बुधबार पोखराका १२ सहित गण्डकीमा थप १५ जनामा कोरोना पुष्टि, १६ जना कोरोनामुक्त

150528781_3908601785870367_3564291477494601783_n

पोखरा – बुधबार पोखराका १२ सहित गण्डकीमा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका ६ जिल्लाका २४१ जनामा गरिएको परीक्षणमा थप १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज कोरोना पुष्टि हुनेमा प्रदेशका ४ जिल्ला कास्की, तनहुँ, स्याङ्गजा र म्याग्दी जिल्लाका छन् । जसमा क्रमसः १२, १, १, १ गरी १५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ८ सय ६३ पुगेको छ जसमा २६५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ३ सय ९४ पुगेको छ भने, गण्डकीमा कोरोना संक्रमणकै कारण २०४ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds