पोखरा । ‘क्यानभासमा बाल मनोविज्ञान’ गण्डकी प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ हुने भएको छ ।
इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ हुने भएको हुने भएको हो । प्रतियोगिता २ चरणमा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् । जसको लागि पहिलो चरणमा प्रतियोगितामा सहभागी हुन प्रतियोगीले थिएटरको वेबसाइट www.indrenitheater.com.np मा आफ्नो चित्र दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगीले सम्पूर्ण चित्रहरु यही फागुन २५ गतेसम्म दर्ता गर्नुपर्ने छ । त्यसपश्चात् प्रथम चरणमा पठाइएको चित्रबाट आयोजकले उत्कृष्ट १० जना प्रतियोगी छनौट गर्ने लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीका अध्यक्ष सुनिल कुमार ठाकुरले बताए ।
पहिलो चरणमा छानिएका उत्कृष्ट १० प्रतियोगीले दोस्रो चरणमा कार्यक्रम स्थलमा चित्र कोर्न लगाउने आयोजकको भनाई छ । जसबाट निर्णयकले मुल्यांकन गरेर विजेता रोजिनेछ । त्यस्तै, चित्रकलाको प्रथम चरण ‘बाल अधिकार’ समाज निर्माणको आधारमा र दोस्रो चरणमा ‘वातावरण–जीवनको आधारशील’ विषयमा केन्द्रित रहनुपर्ने छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ३ हजार र सान्त्वना पुरस्कार १ हजार रहेको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ