आइतबार पोखराका ३४ सहित गण्डकीमा थप ३७ जनामा कोरोना पुष्टि, २० जना कोरोनामुक्त

आइतबार पोखराका ३४ सहित गण्डकीमा थप ३७ जनामा कोरोना पुष्टि, २० जना कोरोनामुक्त

Gandaki covid corona 3

पोखरा – आइतबार पोखराका ३४ सहित गण्डकीमा थप ३७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका २०७ जनाको परीक्षण गरिएकोमा ३७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका जिल्लामा कास्कीको पोखरा महानगरका ३४ जना, स्याङ्गजाका १ जना, बाग्लुङका १ जना र म्याग्दी जिल्लाका १ जना रहेको निर्देशनालयले जनाएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ९ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २० जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ४ सय ५८ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ