म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने आज पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको जानकारी दिए । “रेशमबहादुरले पेश गरेका कागजात शङ्कास्पद भेटिएपछि प्रशासनको निर्देशनमा छानबिनका लागि नियन्त्रणमा लिएका हौँ,” उनले भने, “झुटा विवरण पेश गरेर लिखत सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका रेशमबहादुरमाथि थप छानबिन गर्न अदालतबाट म्याद थप गर्न अनुमति मागेका छौँ ।”
प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले दिवालाई विदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । १६ वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानका लागि नाबालक परिचयपत्र बनाउनुपर्छ ।
रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन शुक्रबार प्रशासनमा कागजात पेश गरेका थिए । रेशमले पेश गरेका कागजात शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
सम्बन्धित खबर
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा