कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुर्नस्थापना हुन लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीले आइतबार गरेको अन्तर्क्रियामा कार्यक्रममा बोल्दै नेता पौडेलले उक्त कुरा बताएका हुन् ।
शनिबार विराटनगरमा भएको सभामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको कदम सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति दिनु धम्कीको साथै आतेस पनि भएको पौडेलको दाबी छ ।
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भए पनि अदालतले सो कदमको सदर नगरे आन्दोलन गर्ने चेतावानी दिएको भन्दै पौडेलले भने, ‘प्रधानमन्त्री पदको गरिमा भुलेर अदालतलबाट आफ्नो असंवैधानिक कदम सदर नभए आन्दोलन गर्छौं भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदै छन् ।
यो अदालतमाथि धम्की त हुँदै हो सँगसँगै अदालतले संसद् पुर्नस्थापना हुने भयो भनेर आत्तिएको अभिव्यक्ति पनि हो ।’त्यस्तै, पौडेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुर्नस्थापित भए विकृति आउँछ भन्दै दिएको अभिव्यक्तिलाई आकाशतर्फ हेरे थुकेको उपमा दिएका छन् ।
यसबारेमा उनले भने, ‘सांसद अपहरणदेखि प्रतिनिधिसभा विघटनसम्मका विकृति निम्त्याउने ओलीले नै प्रतिनिधिसभा पुर्नस्थापित भए विकृति आउँछ रे ! ओली आकाशतिर हेरेर थुक्क्दै छन् ।
त्यस्तै, उनले आफ्नै पार्टीको नेतृत्वको समेत आलोचना गरेका छन् । नेतृत्वका कारण कांग्रेस लोकतन्त्र र संविधानको रक्षमा खरो उत्रन नसकेको उनको स्वीकार छ ।
सम्बन्धित खबर
तनहुँकी एमाले नेतृ भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त
प्रधानमन्त्री ओलीको निर्देशनपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा
घुस डिल प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै, राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणीकरण
प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुस्
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने प्रधानमन्त्री ओलीको तयारी
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा