दुलेगौंडामा स्कुटर र मोटरसाइकल जुध्दा स्कुटर चालक सन्देशको मृत्यु

दुलेगौंडामा स्कुटर र मोटरसाइकल जुध्दा स्कुटर चालक सन्देशको मृत्यु

accident tanahun

पृथ्वी राजमार्ग अन्तर्गत शुक्लागण्डकी ४, दुलेगौंडामा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर चालकको मुत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते शुक्लागण्डकी ८ पाटन बस्ने २२ वर्षका सन्देश भट्टराईको मुत्यु भएको हो ।

पाटनबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ६२५ नं. को स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ग १९ प ३७०६ नं. को मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक शुक्लागण्डकी ३ निवासी १७ वर्षका अमृत श्रेष्ठ भने घाइते छन् । उनको टाउकोमा चोट लागेको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहँुका अनुसार दुर्घटनामा परी घाइते भट्टराईको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds