सोमबार पोखराका १५ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि, २५ जना कोरोनामुक्त

सोमबार पोखराका १५ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि, २५ जना कोरोनामुक्त

152032348_294515642005860_8071035013590700217_n

पोखरा – सोमबार पोखराका १५ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज गण्डकीका ५ जिल्ला कास्कीका १०१ जना, तनहुँका १० जना, नवलपुरका ९ जना, पर्वतका १२ जना र बाग्लुङ जिल्लाका १९ जना गरी जम्मा १५१ जनामा गरिएको परीक्षणमा थप १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ९ सय ५५ पुगेको छ । जसमा २६७ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २५ जना कोरोनामुक्त भएका छन्  । यो ,संगै गण्डकीमा कोरोना मुक्त हुनेको संख्या १५ हजार ४ सय ८३ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या २०५ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ