कमला राना मगर- बर्दघाट सुस्ता पुर्व नवलपरासीको कावासोतीमा विद्यालयको मुल गेट पल्टदा गेटले च्यापिएर एक जना बालिकाको आज मंगलबार विहान घटना स्थलमै मृत्यु भएको छ ।
कावासोति नगरपालिका वडा नम्बर ५ स्थीत कालिका माध्यमिक विद्यालयको मुल गेट पल्टदा सोहि विद्यालयको कक्षा ३ मा अध्ययनरत १० वर्षीय बालिका गमित्रा सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
मृतक बालिका पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ घर भई हाल कावासोती ५ मा बस्दै आएका मुक्तबहादुर सिंजालीकी छोरी रहेकी छिन ।
विद्यालयको बार्षिकोत्सवको तयारी भईरहेको अवस्थामा एक्कासी घटना घटेको थियो । बालिकाको निधन भएपछि विद्यालयको बार्षिकोत्सव रोकिएको विद्यालयका प्रध्यानध्यापक लेखराज पोख्रेलले बताएका छन् ।
त्यसैगरी सोही विद्यालयको कक्षा ४ मा पढने १० वर्षीय विस्मत ढकाल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
करिब ७ बर्ष पुरानो गेट बेलैमा मर्मत नगर्दा घटना भएको र घटना लगतै बालिकालाई उपचारका लागि अस्पतालसम्म नपुर्याउदा मृत्यु भएको भन्दै बालिकाको आफन्तले विद्यालयप्रति असन्तुष्टी प्रकट गरेका छन् ।
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा