Gandak News
Our News Your Views
Promote your business here Gandaknews

मंगलबार पोखराका ९० जनाको परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि, ३२ जना कोरोनामुक्त

पोखरा – मंगलबार पोखरा महानगरका ८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका दुई जिल्ला कास्की र लमजुङका क्रमसः ९० र ९ जना गरी ९९ जनामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -२९, ८, १७, ३०, १४ र १९ नंवर वडाका १ महिला र ७ जना पुरुषको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ९ सय ६३ पुगेको छ  । जसमा २६३ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन्  । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ५ सय १५ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा हालसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस