Gandak News
Our News Your Views

बाबुरामले अस्पतालबाट भने- ‘सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोग नै हराएझैँ भयो’

जसपाले भन्यो- सर्वोच्चबाट संविधानवाद्‍को रक्षा

  • 285
    Shares

भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेको खबर सुन्दा रोग नै हराएझैँ भएको बताएका छन्।

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरिदिएको छ। उक्त फैसलापछि भट्टराईले ट्वीट गर्दै सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको बताए।

‘कस्तो सुखद संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो।हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!,’ भट्टराईले भनेका छन्।

भट्टराई स्वास्थ्य उपचारका लागि केही दिनदेखि भारतमा छन्।

जसपाले भन्यो- सर्वोच्चबाट संविधानवाद्‍को रक्षा

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फैसलाले संविधानवाद्‍को रक्षा भएको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीको गलत कदमलाई दण्डित गर्दै लोकतन्त्रको रक्षा भएको बताएका हुन् ।

‘सर्वोच्च अदालतले प्रधानमन्त्रीको गलत कदमलाई दण्डित गर्दै संविधानवादको रक्षा गरेको छ,’  उनले भने । अब बस्ने संसदले मुलुकको आगामी राजनीतिक बाटो तय गर्ने यादवको भनाई छ ।

सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश जारी गरेको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस