जन्मदिनमै ओलीलाई धक्का, अदालतको फैसलासँगै प्रधानमन्त्री ओली आफू निकटसँग छलफलमा

जन्मदिनमै ओलीलाई धक्का, अदालतको फैसलासँगै प्रधानमन्त्री ओली आफू निकटसँग छलफलमा

70-birthday-pm-nepal

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभाको विघटन बदरको फैसला गरेको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औँ जन्मदिन । ओलीलाई अदालतले जन्मदिनमा नमिठो उपहार दिएको छ ।

संसद् पुनःस्थापना भएको खुसीमा एकातिर दीप प्रज्ववलन भइरहेको छ भने अर्कोतिर सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा नाचगान कार्यक्रम भइरहेको छ । कार्यक्रममा कोमल ओलीले फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई बोलको गीत गाएकी छन् ।

चुनावको घोषणा गरेका ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला नगर्न अदालतलाई चेतावनी समेत दिएका थिए । यद्यपि, उनले त्यसो नभनेको प्रतिक्रिया दिए । तर, फैसला ओलीको विपक्षमा गयो । त्यो पनि ११ फागुनमा । ओली ७० औं जन्मदिन मनाइरहँदा ।

जन्मदिनमै फैसला आफ्नो विपक्षमा आएपछि ओलीका सामु अब तीन विकल्प मात्र बाँकी छन् । पहिलो राजीनामा दिएर मार्ग प्रशस्त गर्ने, संसदबाट अविश्वासको प्रस्तावको सामना गर्ने या संकटकाल घोषणा गर्ने । तर, तीनवटै विकल्प उनका लागि सजिलो भने छैन ।

अदालतको फैसलासँगै प्रधानमन्त्री ओली आफू निकटसँग छलफलमा

सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

अदालतको फैसलासँगै आगामी कदमबारे धारणा बनाउन केही मन्त्रीहरुलगायत नेताहरु बालुवाटारमा छलफलका लागि सहभागी भएको बताइएको छ । उता प्रचण्ड माधव पक्ष भने उत्साहित देखिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ