ओलीको कदम फेल खाएपछि महेश बस्नेतले भनेः ‘अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो’

ओलीको कदम फेल खाएपछि महेश बस्नेतले भनेः ‘अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो’

mahesh basnet

काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो हुने बताएका छन् । ‘विभाजित नेकपा भित्रको एकता प्रक्रियालाई जगाउनुपर्छ । बामदेव कमरेडहरुको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला’, बस्नेतले भने ।

सर्वोच्च अदालतको फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताए। तर, सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुपर्ने बताए ।

‘मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो’, बस्नेतले भने । तर, नेताहरुले सुझबुझपूर्ण ढंगले फैसला गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ