नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतबारे थाहा नभएको टिप्पणी गरेका छन् । उनले
उनले आफू प्रधानमन्त्रीको वर्थ डे मनाइरहेको मिडियालाई जानकारी दिएका छन् ।
नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा थिए । आज ओलीले आज ७० औं जन्म दिवस मनाउँदैछन् ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ ।
शंकर पोखरेल- अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि हुनेछ
लुम्विनी प्रदेशका मुख्यमन्त्री एबम् केपी ओली नेतृत्वको नेकपाका प्रभावशाली नेता शंकर पोखरेलवले सर्वोच्च अदालतको फैसलाबाट अस्थिरताको खेल शुरु भएको टिप्पणी गरेका छन् ।
पोखरेलले अदालतको फैसलाप्रति टिप्पणी गर्दै अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि गर्ने बताएका हुन् ।
पोखरेलले भने- सर्वोच्चको फैसलाबाट शुरु हुने अस्थिरताको खेलले प्रधानमनत्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।