संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन गरिएको छ । मंगलबार सर्वोच्चले संसद् विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएपछि फैसलाको स्वागतमा दीप प्रज्वलन गरिएको हो ।
पोखराको पृथ्वीचोकमा दाहाल–नेपाल समूहका नेता, कार्यकर्ताहरूले सर्वोच्चको निर्णय स्वागतयोग्य, संवैधानिक र व्यवस्थाको बचाउमा रहेको भन्दै दीप प्रज्वलन गरेका हुन्। उनीहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गर्दै राजीनामा दिनुपर्ने माग गरेका छन्।
दिप प्रज्वलन कार्यक्रममा सहभागी नेता धनराज आचार्यले सर्वोच्च अदालतले फैसलाले प्रधानमन्त्री ओलीले गरेको गलत निर्णयलाई सच्याएको प्रतिक्रिया दिए । उनले अदालतको यस फैसलाले राजनीतिमा नयाँ ध्रुवीकरण भएको बताए ।
यस्तै, अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटिको आयोजनामा संसद विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेको खुशीयालीमा दीप प्रज्वलन गरिएको कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए ।
यस्तै, अनेरास्ववियू ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा पनि सर्वोच्चको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरिएको अध्यक्ष अंकित पौडेलले बताए ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसला सुनाएको थियो । प्रतिनिधि सभा विघटनको सरकारी निर्णय बदर गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो ।

सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?