‘फैसला विवादास्पद छ, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्‍न’ : सूर्य थापा

‘फैसला विवादास्पद छ, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्‍न’ : सूर्य थापा

Surya Thapa pic

काठमाडौँ — प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने तर तत्काल राजीनामा नदिने बताएका हुन् । ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,’ थापाले लेखेका छन् ।

संसद् पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई विवादास्पद भन्दै थापाले यस का दुष्प्रभावहरु देखिँदै जाने र राजनीतिक समस्याहरु हल हुन नसक्ने र अस्थिरता अझ बढ्ने ठोकुवा गरेका छन् । ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।’

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि उक्त निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेपछि ओलीको राजीनामा माग्न थालिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ