‘अब पनि ओलीकै नेतृत्वमा काँग्रेसको सहयोगमा सरकार बन्छ’ – महेश बस्नेत

‘अब पनि ओलीकै नेतृत्वमा काँग्रेसको सहयोगमा सरकार बन्छ’ – महेश बस्नेत

mahesh-basnet

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका ओली पक्षीय नेता महेश बस्नेतले अबको सरकार पनि केपी ओलीकै नेतृत्वमा बन्ने दाबी गरेका छन्।

राष्ट्रिय युवा संघको बैठकलाई बुधवार सम्बोधन गर्दै बस्नेतले यो मुलुकको राजनीति वर्तमान प्रधानमन्त्री ओलीकै वरिपरि घुम्ने दाबी गरेका हुन्।

‘केपी ओलीले राजीनामा दिनुभएको छैन यो मुलुकको नेतृत्व फेरि पनि तपाईहरुको असक्षमताका कारणले यो मुलुकको राजनीति फेरि पनि ओलीको वरिपरी घुम्नेछ,’ प्रचण्ड माधवलाई संकेत गर्दै बस्नेतले भने।

अबको राजनीतिक विकल्प भनेको काँग्रेससँगको मिलेमतोमा सरकार ओलीकै नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो। ‘काँग्रेसभित्रका लोकतन्त्रवादी इमान्दार साथीहरुले फेरि केपी ओलीको नेता मानेर यो मुलुकको संकटलाई निकास दिने सम्भावना छ,’ बस्नेतले भने।

नयाँ वैकल्पिक सरकार बन्ने सम्भावना सकियो भने फेरि देश चुनावतिरै जाने उनको भनाई थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ