नेपाल अपाङ्ग समाज सेवा संघ नेपालले कास्कीमा अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज काठमाण्डौको सहयोगमा निःशुल्क ह्वीलचियर, बैशाखी, ट्राईसाइकल वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका उपसभामुख माननिय सृजना शर्माले मानिस जन्मदा जस्तो जन्मिए पनि कसैको क्षमतालाई सम्मान गर्नु पर्ने बताउदैं नेपाल अपाङ्ग समाज सेवा संघ नेपालले गरेको काम सम्मानजनक रहेको जनाए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले सधै सहयोग गर्ने र व्यक्तिगत रुपमा आफुले पनि सधै सहयोग गर्ने जानकारी दिए ।
कार्यक्रममा सहयोगी संस्था राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजका उपाध्यक्ष सुमन भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न तालिमहरु दिईरहेको बताउदै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाइ विभिन्न सामनग्रीहरु पनि सहयोग गर्दै आएको जानकारी दिए । उनले पोखरामा सहयोगका लागि फेरी फेरी पनि आउने बताए ।
नेपाल अपाङ्ग समाज सेवा संघका अध्यक्ष बुद्धि बहादुर बाग्दास पन्तले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व नभएकाले आफुहरुको गुनासो सुनिदिने कोही नभएको जानकारी दिए । उनले समाज घरपरिवारबाट अपहेलित हुनु परेको बताउदैं नीति बनाउने ठाँउमा आफ्नो प्रतिनिधित्व हुनु पर्नेमा जोड दिए । नेपाल अपाङ्ग समाज सेवा संघले अहिलेशिक्षा , आयआर्जन र सिप विकासमा जोड दिएको जानकारी दिए ।
उक्त कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका सह कोषाध्यक्ष प्रेम पहाडि, समाजसेवी गोपी तुलाचन, व्यवसायी दुर्गा श्रेष्ठ, समाजसेवी प्रकाश शर्मा, समाजसेवी दामोदर शर्मा लगाएतले नेपाल अपाङ्ग समाज सेवा संघले राम्रो काम गरेको र यस्ता काममा सबैले साथ दिनु पर्ने बताएका छन् ।
नेपाल अपाङ्ग समाज सेवा संघका अध्यक्ष बुद्धि बहादुर बाग्दास पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका सदस्य प्रकाश सुचिकारले र सञ्चालन रुपा केसीले गर्नु भएको थियो ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ