नेपाल अपाङ्ग समाज सेवा संघ नेपालले कास्कीमा अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज काठमाण्डौको सहयोगमा निःशुल्क ह्वीलचियर, बैशाखी, ट्राईसाइकल वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका उपसभामुख माननिय सृजना शर्माले मानिस जन्मदा जस्तो जन्मिए पनि कसैको क्षमतालाई सम्मान गर्नु पर्ने बताउदैं नेपाल अपाङ्ग समाज सेवा संघ नेपालले गरेको काम सम्मानजनक रहेको जनाए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले सधै सहयोग गर्ने र व्यक्तिगत रुपमा आफुले पनि सधै सहयोग गर्ने जानकारी दिए ।
कार्यक्रममा सहयोगी संस्था राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजका उपाध्यक्ष सुमन भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न तालिमहरु दिईरहेको बताउदै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाइ विभिन्न सामनग्रीहरु पनि सहयोग गर्दै आएको जानकारी दिए । उनले पोखरामा सहयोगका लागि फेरी फेरी पनि आउने बताए ।
नेपाल अपाङ्ग समाज सेवा संघका अध्यक्ष बुद्धि बहादुर बाग्दास पन्तले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व नभएकाले आफुहरुको गुनासो सुनिदिने कोही नभएको जानकारी दिए । उनले समाज घरपरिवारबाट अपहेलित हुनु परेको बताउदैं नीति बनाउने ठाँउमा आफ्नो प्रतिनिधित्व हुनु पर्नेमा जोड दिए । नेपाल अपाङ्ग समाज सेवा संघले अहिलेशिक्षा , आयआर्जन र सिप विकासमा जोड दिएको जानकारी दिए ।
उक्त कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका सह कोषाध्यक्ष प्रेम पहाडि, समाजसेवी गोपी तुलाचन, व्यवसायी दुर्गा श्रेष्ठ, समाजसेवी प्रकाश शर्मा, समाजसेवी दामोदर शर्मा लगाएतले नेपाल अपाङ्ग समाज सेवा संघले राम्रो काम गरेको र यस्ता काममा सबैले साथ दिनु पर्ने बताएका छन् ।
नेपाल अपाङ्ग समाज सेवा संघका अध्यक्ष बुद्धि बहादुर बाग्दास पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका सदस्य प्रकाश सुचिकारले र सञ्चालन रुपा केसीले गर्नु भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प