ओलीले तत्काल राजीनामा नदिए गलहत्याएर निकाल्ने : पम्फा भुसाल

ओलीले तत्काल राजीनामा नदिए गलहत्याएर निकाल्ने : पम्फा भुसाल

pampha-bhusal

नेकपाको दाहाल–नेपाल समूहले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै बुधबार काठमाडौंमा विजय जुलुस निकालेको छ ।

जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिए गलहत्याएर निकाल्ने चेतावनी दिए ।

प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा अलिकति पनि नैतिकता बाँकी रहे प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

हारेको प्रतिगामीले उठ्ने प्रयास गरे त्यो दिवास्वप्न मात्र हुने भन्दै नेतृ भुसालले पशुपतिनाथमा गएर पूजा गर्नुभन्दा जनतासँग क्षमायाचना गर्न सुझाव दिए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राजीनामा माग गरे ।

शान्तिवाटिकाबाट निस्किएको विजय जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै राष्ट्रिय सभागृह अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

जुलुसमा सहभागीहरुले अदालत र न्यायाधीशहरुप्रति सम्मान व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ