पोखरा – बुधबार पोखराका २४ सहित गण्डकीमा थप २७ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ९९ जनामा गरिएको परीक्षणमा थप २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका चार जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरमा ७० जनाको परीक्षण गर्दा २४ जना पोजेटिभ, स्याङ्गजाका ११ जनाको परीक्षण गर्दा १ जना पोजेटिभ, बाग्लुङका ६ जनाको परीक्षण गर्दा १ जना पोजेटिभ र म्याग्दी जिल्लाका ९ जनाको परीक्षणमा १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ९ सय ९० पुगेको छ । जसमा २४४ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट २६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ५ सय ४१ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा हालसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।