कास्की क्षेत्र नम्बर १ मा नेवि संघको संगठन विस्तार गरिएको छ । जनता माध्यमिक विद्यालय रूपा ३ मा १३ सदस्यीय समिती गठन गरिएको हो ।
उक्त समितिको अध्यक्षमा वर्षा कुमाल, उपाध्यक्ष समीर कुमाल, सचिबमा सफल माल चयन भएका छन् । यसैगरि समितिको सहसचिबमा सागर कुमाल, कोषाध्यक्षमा सुष्मिता सुबेदी यस्तै, सदस्य हरूसन्दीप सुवेदी, सन्देश माल, रेजीना परियार, रितेश कुमाल, बिशाल गुरुंङ, रोशन कुमाल, निरज बञ्जारा, कुसल नेपाली रहेका छन् ।
नेबिसंघ कास्की १ का क्षेत्रीय सभापति सागर रानाभाटको सभापतित्व मा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रूपा ३ का सभापती बाबुराम ओझा रहेका थिए ।
उनले मन्तव्यको क्रममा सर्वोच्च अदालतले फागुन ११ गते गरेको संसद पुर्नस्थापनाको फैसलालाई स्वागत गर्दै जित न्यायको पक्ष्मा भएको बताए ।
न्यायलय नमरेको जिकिर गर्दै उनले यो सन्देश गाऊँ सम्म आएको जनाए । युवा विद्यनर्थी लाई पार्ट्री र गलत शासक को झण्डा र मतियार नभै राष्ट्र निर्माण मा सिर्जत्मक र रचनात्मक कार्य गर्न आग्रह गर्दै पुरानो र जनता को प्रिय पार्ट्री कांग्रेसमा निस्वार्थ अब को पुस्ता लाई नेबिसंघ रोज्न उनको आग्रह थियो।
अतिथिमा नेका रूपा ३ सचिब नवराज ढुंगाना, नेबिसंघ नेता मान प्रधान, राजीव भण्डारी रहेका थिए । कार्यक्रम सञ्चालन नेवि संघ नेता निरोज लामिछानेले गरेका थिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ