सूर्य थापाको टिप्पणी : ‘प्रचण्ड-माधव प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खान खोजे जस्तै !’

सूर्य थापाको टिप्पणी : ‘प्रचण्ड-माधव प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खान खोजे जस्तै !’

surya-thapa-1

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको प्रधानमन्त्री बन्ने सम्भावना शून्य रहेको बताएका छन् ।

थापाले अहिलेको राजनीतिक परिस्थितिमा प्रचण्ड-माधव प्रधानमन्त्री बन्नु भनेको गोरु ब्याएर बिगौती खान खोजे जस्तै भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले प्रचण्ड-माधवको नेतृत्वमा नयाँ सरकार असम्भव भएको बताए ।

थापाले लेखेका छन्, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रीत्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजे जस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ !!

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ