‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ । दुर्लभ रोग लागेर जीवन बिताउनबाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन् । गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेको हो ।
विभिन्न ३० मुलुकका चार सय भन्दा बढी फोटोपत्रकारले खिच्नु भएका दुई हजार ७३ फोटो प्रतियोगितामा समावेश भएको जनाइएको छ । प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएका थिए ।
सजिलै हाड भाँचिने रोग ९ओस्टियो नेनेसिस इम्पेर्फेक्टा—ओआई० बाट पीडित आप्mनै छोरा अनिमेसलाई दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पु¥याउँदै गरेको फोटो छामिछानेले प्रतियोगिताका लागि पठाएका थिए ।
एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ । ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गर्नुभएको फोटोले दिएको थियो ।
फोटोमाध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउन सफल भएकोमा लामिछानेले खुशी व्यक्त गर्दै भने, “सफलताका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई आभाव व्यक्त गर्दछु । ” फोटोका माध्यमबाट ओआई रोगको बारेमा स्वदेश र विदेशमा जनचेतना अभिवृद्धि गर्न आप्mनो लागि महत्वपूर्ण उपलब्धि भएको उनले बताए।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो