ओलीसँग मिल्ने सबै सम्भावना सकिए- प्रचण्ड

ओलीसँग मिल्ने सबै सम्भावना सकिए- प्रचण्ड

Prachanda

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्ने सबै सम्भावना सकिएको बताएका छन्।

सरकारमा समीकरणका लागि बोलाइएका जनता समाजवादी पार्टी नेपालका नेताहरुसँग बिहीबार बिहान छलफलका क्रममा ओलीसँग मिल्ने सबै विकल्प बन्द भइसकेको टिप्पणी दाहालले गरेका हुन्।

‘ओलीसँग मिल्ने सबै विकल्प र ढोकाहरू बन्द भइसकेका छन्। अब हामी उनीसँग कुनै किसिमको सहकार्य गर्ने अवस्थाबाट धेरै पर पुगिसकेका छौँ,’ उक्त बैठकमा सहभागी एकजना नेताले फरकधारसँग भने, ‘अब ओलीसँग मिल्ने दिशातिर फेरि कथा अघि बढ्दैन। हामी नै आधिकारिक नेकपा भएकाले विचार मिल्ने अन्य शक्तिसँग सडकदेखि सरकारसम्मको सहकार्य खोजिरहेका छौँ।’

छलफलमा ओलीको प्रतिगामी कदमका कारण विभाजित पार्टी अब एक हुनै नसक्ने तर्क गर्दै बहुमत रहेकाले आफूहरु नै आधिकारिक रहेको तर्क गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ