पोखराका ६२ जनाको परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि

पोखराका ६२ जनाको परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि

corona-Update

पोखरा – बिहीबार पोखराका ७ सहित बाग्लुङका एकजना गरी गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका तीन जिल्ला कास्की, बाग्लुङ र नवलपुरका क्रमसः ६२ जना, २५ जना र १२ जनामा गरिएको परीक्षणमा जम्मा ८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका ८ जना संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ९ सय ९८ पुगेको छ । जसमा २३२ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट २० जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १५ हजार ५ सय ६१ पुगेओ छ भने संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds