सर्वोच्चमा ‘नेकपा कसको ?’ सुनुवाइ सकियो, २० गते निर्णय

सर्वोच्चमा ‘नेकपा कसको ?’ सुनुवाइ सकियो, २० गते निर्णय

sarbochha-adalatfhfn9suhpi

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको निर्णय फागुन २० गते सुनाउने भएको छ ।

नेकपा नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २० गते निर्णय सुनाउने भएको छ ।

कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ भएको हो ।

सुनुवाइ सकिएपछि २० गते निर्णय सुनाउने तय भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ