शुक्रबार पोखराका थप १२ जनामा कोरोना पुष्टि

शुक्रबार पोखराका थप १२ जनामा कोरोना पुष्टि

150869561_919114008903361_9091440036385959568_n

पोखरा – शुक्रबार गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका चार जिल्ला कास्की, लमजुङ, नवलपुर र पर्वतका गरी ९४ जनाको स्वाब परीक्षण गरिएकोमा कास्कीको पोखरा महानगरका १२ सहित लमजुङ र पर्वतका थप १/१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार १२ पुगेको छ । जसमा २३२ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट १४ जना कोरोना मुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ५ सय ७५ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ