दुवै मृगौला फेल भएका उत्तम बिकलाई नेपाली समाज अमेरिका न्यु ह्याम्पसायरबाट ६ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २० मोहोरिया १ घर भइ हाल पोखरा ५ पस्र्याङमा बसोवास गर्दै आएका मृगौला पिडित ४५ वर्षिय उत्तम बिकको उपचारको लागि नेपाली समाज अमेरिका न्यु ह्याम्पसायरका अध्यक्ष सोम गुरुङको पहलमा परोपकारि मन भएका सम्पुर्ण नेपालिको पहलमा ६ लाख २७ हजार ६ सय ८६ रुपैया सहयोग प्राप्त भएको हो ।
उक्त रकम उत्तम विक वचाऔ समितिका संयोजक खर्कमान गुरुङद्वारा उत्तम विकलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा वोल्दै समितिका संयोजक खर्कमान गुरुङले आफुहरुले उत्तम बिकको उपचारका लागि समिति स्थापना गरि काम गर्दै आइरहेको र समिति मार्फत उत्तम बिकलाई अमेरिकामा रहेका परोपकारी मन भएका ब्याक्तिहरुबाट यति धेरै रकम सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।
त्यस्तै मृगौला पिडित उत्तम बिकले आफु जीवन मरणको दोसाधमा रहेको वेला सहयोगी मनहरुले उपचार सहयोग स्वरुप आर्थिक संकलन भइरहदा बांच्ने आश पलाएको वताउदै सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरे ।
उत्तम बिकको उपचारका लागि केही महिना देखी समाजसेवी खर्कमान गुरुङको संयोजकमा उत्तम बिक बचाऔ समिति खडा गरि काम गर्दै आइरहेको र उनको उपचारका लागि विभिन्न ब्याक्तिहरुको सहयोग आउने क्रम जारी रहेको समितिका प्रचार प्रसार संयोजक उत्तम गुरुङले जानकारी दिए ।
उत्तम बिकको उपचारमा सहयोग गर्नका लागि प्राइम बैंकको खाता नम्बर १४९०००८२ ब्म् मा समेत रकम जम्मा गर्न सकिने गुरुङले वताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो