पोखराका दुवै मृगौला फेल भएका विकलाई ६ लाख सहयोग

पोखराका दुवै मृगौला फेल भएका विकलाई ६ लाख सहयोग

help phooto

दुवै मृगौला फेल भएका उत्तम बिकलाई नेपाली समाज अमेरिका न्यु ह्याम्पसायरबाट ६ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २० मोहोरिया १ घर भइ हाल पोखरा ५ पस्र्याङमा बसोवास गर्दै आएका मृगौला पिडित ४५ वर्षिय उत्तम बिकको उपचारको लागि नेपाली समाज अमेरिका न्यु ह्याम्पसायरका अध्यक्ष सोम गुरुङको पहलमा परोपकारि मन भएका सम्पुर्ण नेपालिको पहलमा ६ लाख २७ हजार ६ सय ८६ रुपैया सहयोग प्राप्त भएको हो ।

उक्त रकम उत्तम विक वचाऔ समितिका संयोजक खर्कमान गुरुङद्वारा उत्तम विकलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा वोल्दै समितिका संयोजक खर्कमान गुरुङले आफुहरुले उत्तम बिकको उपचारका लागि समिति स्थापना गरि काम गर्दै आइरहेको र समिति मार्फत उत्तम बिकलाई अमेरिकामा रहेका परोपकारी मन भएका ब्याक्तिहरुबाट यति धेरै रकम सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।

त्यस्तै मृगौला पिडित उत्तम बिकले आफु जीवन मरणको दोसाधमा रहेको वेला सहयोगी मनहरुले उपचार सहयोग स्वरुप आर्थिक संकलन भइरहदा बांच्ने आश पलाएको वताउदै सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरे ।

उत्तम बिकको उपचारका लागि केही महिना देखी समाजसेवी खर्कमान गुरुङको संयोजकमा उत्तम बिक बचाऔ समिति खडा गरि काम गर्दै आइरहेको र उनको उपचारका लागि विभिन्न ब्याक्तिहरुको सहयोग आउने क्रम जारी रहेको समितिका प्रचार प्रसार संयोजक उत्तम गुरुङले जानकारी दिए ।

उत्तम बिकको उपचारमा सहयोग गर्नका लागि प्राइम बैंकको खाता नम्बर १४९०००८२ ब्म् मा समेत रकम जम्मा गर्न सकिने गुरुङले वताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ