छुट्टीमा घर आएका ईण्डियन आर्मी विवेकको बाइक दुर्घटनामा निधन

छुट्टीमा घर आएका ईण्डियन आर्मी विवेकको बाइक दुर्घटनामा निधन

bibek

तनहुँको व्यास २ मालेबगर निवासी विवेक थापा मगरको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल रोडमै पल्टिँदा २२ वर्षीय विवेक ज्यान गएको हो ।

टाउकोमा चोट लागेका उनलाई दमौली अस्पताल लागिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । बाइक पछाडि सवार २० वर्षीया रजनी गुरुङको दमौलीमा उपचार भईरहेको छ । सडक चिप्लो भएकाले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको आशंका गरिएको छ ।

थापा ईन्डियन आर्मी रहेको र ४४ दिनको छुट्टिमा घर आएको बताइन्छ । केही वर्ष अघि सोहि ठाउँ नजिकै २ जना ईण्डियन आर्मी युवकको पनि बाइक दुर्घटनामा निधन भएको थियो ।

तस्विरः सुमन श्रेष्ठको फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ