जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताएका छन्।
मंगलबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा नेता महतोले ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपालाई मात्रै रहेको बताए। प्रतिपक्षमा रहेका काँग्रेस र जसपा मिल्दा पनि नेकपाले निर्णय नगरेसम्म कम्युनिष्ट सरकारको विकल्प तयार नहुने उनको भनाइ छ।
‘काँग्रेस र जसपा मिलेर पनि हाम्रो बहुमत पुग्दैन। ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै होु, नेता महतोले भने, अहिले पनि ओलीजी पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ। खोइ त हटाएको? हटाउन सक्नुपर्यो नि? दुनियाँलाई झुक्याउने काम भइरहेको छ।’
अहिलेसम्म नेकपा एक रहेको र कानुनी रुपमा नफुटेसम्म बैकल्पिक सरकारका लागि कुनै छलफल आवश्यकता नभएको महतोको भनाइ छ। अस्ति प्रचण्डजीले छलफलमा बोलाउनुभएको थियो। संसद र सरकारमा मिलेर जाने सिधा प्रस्ताव राख्नुभयो, महतोले भने, मैले सुरुमै तपाइँहरु कुन पार्टीको भनेर सोधेँ।’
कम्युनिष्ट र काँग्रेसका नेतामा नैतिकताको खडेरी रहेको उनले बताए। ‘राजीनामा माग्ने कुरा होइन, अनुभूति गरेर स्वतः दिने कुरा हो। उनले भने, केपी ओलीमा पनि नैतिकता भएको भए पद छोड्थे।’आफ्ना मुद्दाहरु थाति राखेर आफूहरु सरकारमा नजाने महतोले बताए।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ