त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै सडक कुनामा पुरिएको अवस्थामा मृत फेला परिन्। स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठक्करपछि घाइते या मृत्यु भएको’ अवस्थामा सरस्वतीलाई पुरेको हुन सक्ने बताएका छन्। प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ।
शारीरिक रूपमा अशक्त सरस्वतीसहित चार महिला सोमबार घाँस काट्न गएका थिए। अन्य तीन जना भने फर्किएको स्थानीयले बताएका छन्। ‘उनले लगाएको चप्पल, उनले बोकेको घाँसको भारी, नाम्लो शव पुरिएकै ठाउँमा पुरिएको छ’, स्थानीय शम्भु पाण्डेले भने, ‘यो नियोजित रूपमा भएको दर्दनाक हत्या हो।’
सरस्वतीका छोरा सन्तबहादुर कुमालले यो घटनामा डोजर साहु या सडक ठेकेदारको मिलेमतो हुन सक्ने आशंका गरे। ‘चालक आफैंले मात्रै यत्रो अपराध गर्ने आँट गर्नै सक्दैनन्’, सन्तबहादुरले भने, ‘चालकले आफूभन्दा माथिकालाई सोधेर घटना लुकाउन नियतवश यो सब गरेको कुरामा हामीलाई शंका छ।’
धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले घटनामा मुछिएको डोजरका चालक फरार रहेकाले विस्तृत अनुसन्धान हुन नसकेको बताए। ‘ती महिलाको शव हामीले माटोले पुरिएको अवस्थामा निकालेका हौं। डोजरले ठक्कर दिएपछि मृत्यु भएर जानाजान पुरियो कि घाइते अवस्थामै पुरियो कि ? एक ठाउँमा घटना भएपछि अर्को ठाउँमा लगेर पुरियो कि भन्ने अनुसन्धानमै छौं’, एसपी खड्काले भने।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो