भूमिगतपछि ‘विप्लव’ सार्वजनिक, काठमाडौं प्रस्थान

भूमिगतपछि ‘विप्लव’ सार्वजनिक, काठमाडौं प्रस्थान

biplob(1)

सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी  (बर्दघाट–सुस्तापूर्व)  नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका छन् ।

विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनको भूमिगत अवस्थामा हुनुहुन्थ्यो । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका छन् ।

सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन् । जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३:०० बजे उनका देवचुली नगरपालिकाको दलदलेमा आइपुगेका जनाइएको छ ।

देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ प्रस्थान भएको प्रहरीले जनाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उनको नवलपुरको दलदलेबाट काठमाडौँ प्रस्थान भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ