पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने सो भण्डारगृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको रु ७५ लाख तीन हजार ५७३ (भ्याट बाहेक) लागतमा खोप भण्डारगृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
रु एक करोड १२ लाख ३६ हजार ४३५ लागत अनुमान रहेकामा सो रकममा निर्माण कम्पनीसँग सम्झौता गरिएको बताइन्छ । निर्देशक खड्काका अनुसार भण्डारगृह निर्माण सम्पन्न भएपछि दुईदेखि आठ सेन्टीग्रेट तापक्रममा ४० लाख जनसङ्ख्यालाई पुग्ने खोप व्यवस्थितरुपमा भण्डारण गर्न सकिनेछ । कोरोना महामारी अन्त्यपछि सो गृहलाई अन्य खोपको भण्डारगृहका रुपमा विकास गर्ने योजना रहेको जनाइएको छ ।
सो अवसरमा मुख्यमन्त्री गुरुङले कोरोना महामारीपछि स्वास्थ्य संरचना, उपकरण तथा जनशक्ति व्यवस्थापनमा राज्यले ठूलो लगानी गरेको बताए । देशका ३९६ स्थानीय तहमा एकैपटक अस्पताल भवन शिलान्यास गरिनु स्वास्थ्य क्षेत्रमा राज्यले गरेको ऐतिहासिक कार्य रहेको चर्चा गरे ।
गण्डकी प्रदेशका ११ जिल्ला अस्पताल र एउटा प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पताललार्ई शुरुआतदेखि नै सुदृढीकरणका लागि सरकारले काम गरेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले पूर्वाधार, जनशक्ति, स्वास्थ्य उपकरण, उपकरण सुविधासम्पन्न बनाइएको उल्लेख गरे । प्रधानमन्त्री केपी शर्र्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर निर्वाचनका लागि गरेको सिफारिस सर्वोच्च अदालतले उल्टाइ दिएपछि संसद्भित्र सांसद खरिद बिक्री शुरु भएको र हरेक पार्टीभित्र विवाद सिर्जना भएर अस्थिरता शुरु भएको मुख्यमन्त्रीले बताए ।
उनले भने , “संसद् पुनःस्थापनाले कांग्रेस, जनता समाजवादीलगायत हरेक पार्टीभित्र विवाद र गुटबन्दी देखिएको छ । हरेक पार्टीभित्र विवाद शुरु भएको छ । चुनावमा जानुपर्दछ भन्ने सिफारिस सर्र्वोच्चले उल्टाइदिएर हामीलाई मन नपरे पनि न्यायपालिकाको निर्णयलाई शिरोधार्य गरेर कार्यान्वयन गर्न सरकार लागि परेको छ ।”
नेपाल कम्युनिष्ट पार्टी नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले भावनात्मकरुपमा फुटेको पार्टीलाई जुटाउन सकिन्छ की भनेर आफूहरूले विकल्प खोजी गरिरहेको जानकारी दिए । उनले भने , “मुलुकको अस्थिरता अन्त्यका लागि ६४ प्रतिशत बहुमत प्राप्त नेकपाको सरकारलाई एकताबद्ध बनाएर स्थिरताको प्रत्याभूति दिन सबैले आवाज उठाउनुपर्दछ ।”
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले सङ्घीय सरकारले रु २६ करोड ५० लाख लागतमा ५० श्ययाको अस्पताल बनाउनका लागि बजेट उपलब्ध गराएको बताउँदै प्रदेश सरकारले त्यसमा थप लगानी गरेर १०० श्ययाको अस्पताल निर्माणको योजना अघि बढाएको जानकारी दिइन् ।
खोप भण्डारगृहसँगै प्रदेश प्रयोगशाला, औषधि भण्डारण गृहलगायत संरचना निर्माणका लागि बजेट सुनिश्चित गरिएकाले डिजाइन तयार भइरहेको उनको भनाइ छ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’