सर्वसाधारणको हितलाई लक्षित गर्दै नेलम्बो नेपालद्वारा कास्कीको रुपा गाउँपालिकामा सप्ताहव्यापी ‘मुख स्वास्थ्य तथा दन्त शिविर’ आयोजना गरिएको छ ।
आइतबारदेखि शुरु भएको शिविरमा डा रोशन केसीको नेतृत्वमा डेन्टल हाइजेनिष्ट स्नेहा खड्का, क्लिनर विजय थापा मगर सहित छ जनाको टोली रहेको छ । शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले ‘रुपाको पहिचान सबै क्षेत्रमा समृद्घिको अभियान’ नाराका साथ गाउँपालिका अघि बढिरहेको उललेख गर्दै नेलम्बो नेपालप्रति आभार व्यक्त गरे ।
अध्यक्ष ओझाले मुखको सरसफाइमा ध्यान नदिए क्यान्सरसमेत हुनसक्नेतर्फ सचेत गराउँदै शिविरबाट अधिकतम लाभ लिन सर्वसाधारणलाई आग्रह गरे । गाउँपालिकाले स्वास्थ्यलाई महत्व दिई सबै वडामा चौकी स्थापना गरेको उनले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले शिविरबाट विपन्न समुदायले फाइदा लिनुपर्ने उल्लेख गर्दै दातको उपचार महँगो भएकाले विपन्न समुदायको पहुँचमा नरहेको बताए।
नेलम्बोमा अध्यक्ष एकदेव देवकोटाले सक्रिय सहभागिता हुने ठाँउमा संस्थाले सहयोग गर्दै आएको स्पष्ट पारे । कार्यक्रममा वडा नं ६ का अध्यक्ष नारायण गुरुङ, नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीलगायतले मुख स्वास्थ्य तथा दातको उपचार सेवाको आवश्यकता औँल्याए । शिविरको पहिलो दिन आइतबार २२ जनाले उपचार गराएका छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन