तनहुँको म्याग्दे गाउँपालिका–ं १ गुणादीका बामदेव खनालले घाँस बेचेर नै मनग्य आम्दानी गर्दै आएका छन् । खनाल नामसँगै दाम कमाउन थालेपछि यतिखेर उनी घाँसी नामले परिचित छन् ।
भानुभक्त आचार्यलाई आदिकविको स्थान र सम्मानमा घाँसीको प्रेरणाले पु-याएको थियो । उनी तनहुँकै थिए । ‘राष्ट्रिय घाँस गुरु’ पुरस्कारबाट पुरस्कृत खनालले २३ वर्षदेखि घाँस खेती गर्दै आएका छन् ।
पछिल्ला वर्षमा धेरैले घाँसी बा भनेर बोलाउँदा आफूलाई निकै खुशी लाग्ने गरेको उनले बताए । घाँस बेचेर राम्रो आम्दानी गरेका उनले यसै वर्ष असार र साउन महिनामा २० लाख रुपैयाँ बराबरको घाँसको बेर्ना बिक्री गरेको बताए ।
पाँच वर्षयता यस पटक धेरै कमाइ भएको उनले बताए । कोरोना भाइरसको सङ्क्रमणले कृषि पेशाप्रति मानिसको चासो बढेकाले घाँसको माग बढेको छ । करीब एक सय रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस खेती गर्दै आएको बताउँदै उनले ६० रोपनी आफ्नै र ४० रोपनी जग्गा भाँडामा लिएका छन् ।
खनालले बडहर, राइखनियो, टाँकी, कोइरालो, बकाइनो, पाखुरी, चिउरीलगायतको डाले घाँस तथा सुपर नेपियर, सियोफोर, सम्बा सेटारिया, पास पालम, मुलाटो र बलामेलगायत उन्नत र भूइँ घाँसका बिरुवा बिक्री गर्दै आएका छन् ।
पछिल्लो समय सुपर नेपियरको बिरुवा माग धेरै भएकाले अब त्यसतर्फ बढी चासो देखिएको छ । पन्ध्र फिटसम्म अग्लो हुने, पात मोटो हुने र नढल्ने तथा सुख्यायाममा पनि धेरै समयसम्म हरियो हुने भएकोले माग धेरै आएको बताइएको छ । दुई आँख्लाको पाँच रुपैयाँका दरले घाँसको बिरुवा बिक्री हुने गर्छ ।
परम्परागत तरिकाले निर्वाहमुखी भैँसीपालन गर्ने साधारण किसान खनाललाई २३ वर्ष अघिसम्म बिहान र बेलुका हातमुख जोड्न पनि धौधौ थियो । भैँसी पाल्न कृषि विकास बैंकबाट लिएको क्रृण तिर्न नसक्दा धितोमा राखेको जग्गा लिलाम भएको तितो अनुभव पनि खनालसँग छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो