काठमाडौंको लोकप्रिय ‘डल्ले मःम’ को शाखा पोखरामा खुलेको छ । पोखराको मानवअधिकार चोक नजिकै रहेको ‘डल्ले मःम’ को शाखाको मिस नेपाल २०१९ अनुस्का श्रेष्ठले उद्घाटन गरिन् । उनले काठमाडौंको मःमले पोखरामा आएको खुसि व्यक्त गरीन् । उनले लकडाउनका बेला अप्ठेरोमा परेकालाई सगँ सँगै खाना दिने अभियानमा लाग्न पाएकोमा खुसी व्यक्त गरीन् ।
स्वादका साथै गुणस्तरलाई पनि ध्यानमा दिएर सेवा प्रदान गर्न पोखरा आएको डल्ले मःमका सञ्चालक सुवास गौचनले बताए । काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान नगर्दै आएको मःमको पोखरामा ११ औ शाखा हो ।
पोखरा शाखाको चेन पर्यटन व्यवसायी सुनिल भट्टराई र शेचन्द्र सिंह हमालले लिएर सञ्चालनमा ल्याएका हुन् । उनीहरुले एक वर्ष पहिले नै सञ्चालमा ल्याएका भएपनि लकडाउनका कारण रोकिएको थियो । ‘अहिले सञ्चालनमा ल्याएका छौं’ सञ्चालक सुनिल भट्टरार्ईले भने ‘अहिले सुरक्षाका साथै स्वाद पनि प्रदान गरेका छौं ।’
‘डल्ले मःम’ मा मुख्य गरेर मःमका परिकार, चाउमिन, आलुका परिकार, फाइ राई र बच्चाका लागि खाजा सेट यसका विषेशता रहेको भट्टराईले बताए । हल्का मसला भएका कारण खान र पचाउन सजिलो हुने उनको भनाई छ । करिब १ सय जना अटाउने गरी आक्रर्षक डिजाइन गरेको उनले बताए ।
जन्मदिनको पार्टी, एनिभर्सिरी पार्टी लगाएत गर्नेका लागि समेत उपयुक्त रहेको उल्लेख गरे । भट्टराईले ७ सय रुपैया भन्दा बढिको अडर गरेमा पोखरा भ्यालीमा फ्रि होमडेलिभरी सेवा समेत रहेको बताए । विहानी तथा साझँका लागि खानाका लागि लन्च बक्सको समेत सुविधा रहेको उनको भनाई छ ।

सन् २०११ देखी डल्ले मःम रेष्टुराँ आलोक योञ्जन र सुवास गौचनले सञ्चालनमा ल्याएका थिए । ग्राहकको स्वास्थ्यलाई र गुणस्तरयुक्त खाजा र खानालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको कारणले डल्ले मःम सबै ग्राहकको रोजाइमा पर्न सफल भएको सञ्चालक सुवास गौचन बताउँछन् ।
कमलादीमा स्थापना शुरु भएको डल्ले मःम गल्फुटार, भाटभटेनी, नक्साल, लबिम मल, जावलाखेल, बुटलबको सुख्खा नगर र कालीका नगरमा शाखा सञ्चालन गरि सकेको छ । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोलेका उनीहरुले डल्ले खुर्सानीका अचार पनि बिक्रि गर्दै आएका छन् । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोले पनि परिकार भने स्वादिष्ट रहेको उनले बताए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ