व्यास नगरपालिकाले चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु नौ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालू आर्थिक वर्ष ०७७-७८ को साउदेखि माघ मसान्तसम्म रु नौ करोड २२ लाख १२ हजार ९८० आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले चालू आर्थिक वर्षमा रु १६ करोड आन्तरिक आम्दानी हुने लक्ष्य राखेको छ । आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु नौ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाइ, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई करोड ६४ लाख ६० हजार, दण्ड जरिवानाबाट रु दुई लाख, अन्यतर्फ घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फाराम र अन्य विविध फारामबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु छ करोड कम राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रु १६ करोड छ लाख ९६ हजार राजश्व सङ्कलनको लक्ष्य थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’