आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् ।
थोरै लगानी र मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिसहरु टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए । घरबास सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई सँगसँगै लैजान थालेको उनले जानकारी दिए ।
शुरुमा २५ जना मिलेर समूह गठन गरी व्यावसायिकरुपमा अघि बढाए पनि टिमुरखेतीतर्फ किसान क्रमिकरुपमा बढ्दै गएका छन् । तीन-चार वर्षअघि केही व्यक्तिले थोरै थोरै टिमुरखेती गरे पनि अघिल्लो वर्षदेखि व्यावसायिकरुपमा नै खेती गर्न थालेका छन् ।
डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भए पनि दमौलीबाट गाउँसम्म कृषक समूहले नै बिरुवा ढुवानी गरेर लगाएका हुन् । उक्त बिरुवा डाबर नेपाल बनेपाबाट बिरुवा ल्याएर प्रत्येक घरधुरीले मिलेर टिमुरखेती गरिएको छ । अध्यक्ष गुरुङले भन्नुभयो, “सबै घरधुरीले कम्तीमा दुईसयदेखि तीन सय बिरुवा लगाएका छन् ।”
टिमुरखेती नेपालको पहाड, तराई र हिमाल सबै क्षेत्रमा टिमुरखेती गर्न सकिने बताइएको छ । विशेषगरी समुन्द्री सतहबाट एक हजार दुई सयदेखि एक हजार ६०० मिटर उचाइमा टिमुरखेतीका लागि उत्तम स्थल मानिने छ । बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् ।
रुखो जग्गा जमीन तथा बनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मिहिनेत गर्नु नपर्ने र थोरै लगानीमा पनि गर्न सकिने भएपछि स्थानीयवासीले अभियानकैरुपमा टिमुरखेती थालेका छन् । स्थानीय जीतबहादुर गुरुङले मात्रै एक हजार ५०० टिमुरका बिरुवा लगाउनुभएको छ । खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेपछि यसतर्फ लागेको उनले जानकारी दिए ।
टिमुरको बिरुवा बाहिर किन्दा रु एक सयदेखि रु १५० सम्मपर्ने भए पनि समूहमार्फत ल्याउँदाप्रति बिरुवा रु ४० परेकाले सुपथ मूल्यमा पाएको उक्त कृषक समूहले जनाएको छ । बिरुवाका लागि जडीबुटी विकास कार्यक्रममार्फत रु आठ लाख ५० हजार विनियोजन भएपछि डिभिजन वन कार्यालयसँग समन्वय गरी बिरुवा खरीद गरेर लगाइएको समूहका कोषाध्यक्ष गिनेन्द्रबहादुर गुरुङले जानकारी दिए । यसरी टिमुरखेती गर्ने लहर बढ्न थालेपछि सोही वडास्थित ज्यामिरे, ढिडेगाउँ, ढापस्वाँरा, सिरानखोलालगायतका बासिन्दालेसमेत टिमुरखेतीतर्फ आकर्षित भएका छन् ।
सम्बन्धित खबर
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल