विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ८ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ३५ हजार ५ सय ९० पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ८ लाख ३ हजार ६ सय ८९ छ । यसमध्ये ८९ हजार २ सय ७१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख ५८ हजार ८ सय ८७ पुगेको छ ।
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ४६ हजार ५ सय ६७ जनाको मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा २ लाख ७७ हजार २ सय १६ जना, भारतमा १ लाख ५८ हजार ६ सय ४२ जना, रूसमा ९१ हजार ६ सय ९५ जना, बेलायतमा १ लाख २५ हजार ४ सय ६४ जना, फ्रान्समा ९० हजार ३ सय १५ जना, इटालीमा १ लाख १ हजार ८ सय ८१ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ९ करोड ६५ लाख ७३ हजारभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’