म्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिका–२ भकुण्डे जोड्ने बेनी–लभ्लीहिल–भकुण्डे सडकको स्तरोन्नतिको काम शुरु गरिएको छ । नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे सात किलोमिटर सडकखण्डको हाडेभिर–लभ्लीहिल खण्डमा स्तरोन्नतिको काम शुरु गरिएको हो ।
पछिल्लो समय निकै चर्चामा आएको प्रसिद्ध पर्यटकीयस्थल लभ्लीहिलसम्म यस वर्ष स्तरोन्नतिको काम गरिने र आगामी वर्ष लभ्लीहिलदेखि वडा नं २ भकुण्डेचौरस्थित वडा कार्यालयसम्म विस्तार गरिने वडाध्यक्ष हिराबहादुर थापाले बताए।
अध्यक्ष थापाका अनुसार यस वर्ष हाडेभिर–लभ्लीहिल खण्डमा १८७ थान ग्याविन जाली, ४२० मिटर पक्की नाली, एक ठाउँमा क्रस र तीन हजार २०० मिटर कच्ची नाली निर्माणका लागि भण्डारी निर्माण सेवाका निर्माण व्यवसायी नीरज भण्डारीलाई जिम्मा दिइएको छ ।
विसं २०६७ मा ट्रयाक खुलेको साढे सात किमी दूरीको बेनी—लभ्लीहिल भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं खर्च गरिएको भए पनि सडकको स्तरोन्नति हुन सकेको थिएन ।
पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाको भनाइ छ ।
यसपटक भने नाली निर्माण र ग्याविन पर्खालसहित स्तरोन्नतिको काम थालिएकाले स्थानीयवासी आशावादी बनेका छन् । सो सडकको स्तरोन्नति भएपछि पर्यटकीयस्थल लभ्लीहिलमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी