पोखरामा लामो समयदेखि शैक्षिक परामर्श गर्दै आइरहेका संस्थाहरुको संयूक्त आयोजनामा टीम (TIM) एजुकेशन एण्ड करियर फेयर २०२१ हुँदैछ ।
यहि चैत ६ (मार्च १९ ), शुक्रबार हुने मेलामा पोखराका अग्रणी परामर्शदातृ संस्थाहरु मिराकल इन्स्टिच्युट प्रा. लि. , थर्ड आई एजुकेसन, इम्पल्स एजुकेसन र मिराई कन्सल्टेन्सीले संयुक्त रुपमा उक्त मेलाको आयोजना गरेका हुन् ।पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा हुन लागेको फेयरको तयारी तिब्र बनाइएको आयोजक टिमले बताएको छ।
विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थी एबम् अभिभावकलाई लक्षित गरी पोखरामा शैक्षिक मेला आयोजना गरिएको हो । मेलमा २० भन्दा बढी अन्तर्राष्ट्रय कलेज एवम् युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने हुँदा विद्यार्थीले प्रत्यक्ष भेटी सम्बन्धित देशको शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने आयोजक कुलराज बरालले जानकारी दिए ।
कोभिडको विषम् अवस्थापछि परिवर्तन भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई यूके, यूएसए, क्यानडा, अष्ट्रेलिया, जापानको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्तिको विषयमा एकै स्थानबाट पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो । मेलामा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुबाट छात्रवृत्ति समबन्धी जानकारी तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइने बरालले बताए ।
मेलालाई नेपाल सरकार शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की तथा पोखरा महानगरपालिकाबाट स्वीकृति लिएको छ । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिइनेछ ।
साथै, फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउनेछन्। यो सँगसँगै प्रत्येक सहभागीले १०० को मोबाइल रिचार्ज पाउने छन् र सहभागी मध्येबाट गोलाप्रथाबाट छनोट गरी भाग्यमानी १ जनालाई ट्याब र १ जनालाई पोखरा-काठमाडौँ-पोखराको फ्लाईट टिकट पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो