तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको हरियाली उद्यानमा ‘ट्री हाउस’ निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक वनमा गत महिनाबाट हरियाली उद्यानको काम शुरु गरिएको थियो । साथै सोही उद्यानभित्र रहेको रूखमा घर निर्माण भइरहेको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।
उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल रु १५ लाखको लागतमा उद्यान निर्माणको काम भइरहेको रानाभाटले बताए ।
पृथ्वी राजमार्गबाट २०० मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । ‘उक्त ठाउँलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौं’, उनले भने, ‘रूखमा नै घर जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।’
रानाभाटका अनुसार रूखलाई भित्र पारेर काठको घर निर्माण भइरहेको छ । हालसम्म ८० प्रतिशत काम सकिएको र चैतभित्रै सबै काम सम्पन्न हुनेछन् । उद्यानभित्र हाल ढुङ्गा बिछ्याउने काम भइरहेको छ भने बत्ती जडानको काम पनि शुरु गरिनेछ । ‘दुई स्टेप बस्न मिल्ने गरी घर बनिरहेको छ, पाँच–सात जना चढेर त्यहाँबाट दृष्यावलोकन गर्न मिल्ने छ’, उनले भने ।

उक्त ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ । ‘चैतभित्रै सबै काम सम्पन्न गरेर सर्वसाधारणलाई प्रवेश खुल्ला गर्नेछौं’, रानाभाटले भने । डिभिजन वन कार्यालयमार्फत गत आवमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।
चालु आर्थिक वर्षमा जिल्लामा छवटा उद्यान निर्माण हुँदैछन् । सहायक वन अधिकृत अरुण पराजुलीले म्याग्देको ज्यानटाङसहित अन्य पाँच वटा उद्यान निर्माण गरिने जानकारी दिए ।
सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी–१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ । त्यसका लागि वन कार्यालयले रु पाँच–पाँच लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी भीमाद–६ मा शहरी उद्यान निर्माण गर्नका लागि इष्टिमेट सम्पन्न भएको र सम्झौता हुन बाँकी छ । व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा पनि उद्यान निर्माणका लागि उपभोक्ता समितिसँग छलफल भएको छ । ‘उक्त ठाउँको स्थलगत अध्ययनपश्चात् उपभोक्ता समितिसँग सम्झौता गरेर काम अगाडि बढाउँछौं’, सहायक वन अधिकृत पराजुलीले भने ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)