जिल्लामा पहिलोपटक चार चक्के मेशिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका–६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी–१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेशिनबाट रोपाइँ गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले सहकारी संस्थामार्फत धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के मेशिन मगाएको थियो । रु २० लाख ९० हजारका दरले खरिद गरिएका दुई वटा मेशिनमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ । मेशिन प्राप्त भएपछि शनिबारदेखि दुई दिन सोही मेशिनबाट धान रोपाइँ गरिएको थियो ।
परियोजनाको धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले यस मेशिनबाट धान रोप्दा उत्पादकत्व बढ्ने र खर्च घट्ने बताए । “यो प्रविधि सस्तो र सरल छ”, उनले भने, “उत्पादकत्व बढ्ने भएकाले किसानको आकर्षण बढ्छ भन्नेमा विश्वस्त छौँ ।” सहकारी संस्थामार्फत सञ्चालनमा आएको उक्त मेशिन देशमै पहिलो पटक हो । यसअघि झपाको महारानीझोडामा एक जना व्यवसायीले यस्तो मेशिन भित्र्याएका थिए। चितवनमा यसअघि तीन पाङ्ग्रे मेशिनबाट धान रोपाइँको थालनी भएको थियो तर त्यसमा किसानको रूचि खासै नदेखिएपछि परियोजनाले नयाँ विकल्पका रूपमा चार चक्के मेशिन ल्याउन तयारी थालेको थियो । यस मेशिनबाट भने किसान सन्तुष्ट देखिएका छन् ।
मेशिनको प्रयोग गरी धान रोप्नका लागि ब्याडको छुट्टै व्यवस्था गर्नुपर्छ । खेताला खोजेर खेतमै ब्याड राख्ने गरिएकोमा मेशिनले रोप्ने बीउ भने ‘ट्रे’ ९बीउ जमाउन प्रयोग गरिने भाँडो०मा जमाउनुपर्छ । उस्तै आकारका ट्रेमा माटो र मल राखेर जमाइएको बीउ रोप्नयोग्य भएपछि मेशिनले खेतमा लगेर लाइन मिलाएर रोप्छ ।
बीउ लगाउने मेशिन पनि स्वचालित र ‘मेनुअल’ पाइन्छन् । साना किसान कृषि सहकारी संस्था बछौलीसँग स्वचालित र कुमरोजसँग मेनुअल सिडर मेशिन छ । स्वचालित मेशिनले एक घण्टामा ५०० ट्रेमा बीउ राख्न सक्छ । एक सय ६० ट्रेमा हुर्किएको बीउले एक बिघा क्षेत्रफलमा रोप्न पुग्छ । एक दिनमा राखेको बीउले २५ बिघासम्म रोप्न सकिन्छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’