महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबारको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेका छ । जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर, मनरासिस्वा, बलवा, लोहारपट्टि र गौशाला नगरपालिका सहित पिपरा, एकडारा, सम्सी, सोनमा गाउँपालिकामा केही दिनदेखि हुलका हुल जङ्गली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले जानकारी दिएका छन् ।
ती स्थानीय तहका विभिन्न क्षेत्रका सयौँ बिघा क्षेत्रफलमा लगाइएका तरकारी, दलहन, तेलहन, गहुँ बाली र फलफूल जङ्गलबाट आएका नीलगाई, घोरगद्दर र जङ्गली सुँगुरहरुले सखाप बनाएको मटिहानीका किसान रामबाबु नायकले बताए । दिनभरि वन क्षेत्रमा लुकेर बस्ने र रातिको बेला दर्जनाँैको सङ्ख्यामा आएर ती जनावरले बाली नाली खाइदिने र खेतबारीसमेत खनेर तहसनहस गर्ने गरेको सम्सीका किसान विपिन विहारी यादवले जानकारी दिए ।
ती जनावरलाई धपाउन स्थानीयवासीले समूह बनाएर रातिको बेला जाँदा जनावर मानिसको आहट पाउनेबित्तिकै वनतिर भागेर लुक्ने गरेको छ । पछि पुनः किसान फर्किसकेपछि जनावर आएर खेतबारी चर्ने गरेको मनरासिस्वाका किसान रवीन्द्र भगतले बताए ।
जङ्गली जनावरको आतङ्कले अहिले जिल्लाका किसान हिउँदे बालीबाट कमाई हुने लाखौँ रुपैयाँ गुमाएको गुनासो गरेका छन् । जनावरले एक्लै पाएको खण्डमा आक्रमणसमेत गर्ने गरेकाले एकाबिहानै बालबालिकालाई पनि घरबाहिर निकाल्न नसक्ने भएको एकडाराका किसान नागेन्द्र मण्डलले उल्लेख गरे ।
जिल्लाका विभिन्न वन, जङ्गल र खोला किनारामा रहेका ठूलठूला घाँसपातमा ती जनावर समूह बनाएर बस्ने गरेका छन् । रातिको मौका छोपी हिउँदे बाली चरीचरन गरी सखाप पार्ने गरेकाले किसानले वर्षभरिलाई पुग्ने खाद्यान्न जोगाउन हम्मेहम्मे परेको छ ।
आफ्नो लाखौँको बालीका क्षति सहन बाध्य भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताए । क्षतिका बारेमा स्थानीय तहलाई मौखिक र लिखित जानकारी गराए पनि सहयोग नपाएको किसानको गुनासो छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’