पोखरा आउने क्रममा सराङकोटमा बाइक दुर्घटना, पर्वतका गिरीको ज्यान गयो

पोखरा आउने क्रममा सराङकोटमा बाइक दुर्घटना, पर्वतका गिरीको ज्यान गयो

Accident-3-1

प्रतिकात्मक तस्बिर

पोखरा –  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पोखरामा एक जनाको ज्यान गएको छ । मोटरसाइकल चालक पर्वतको कुश्मा नगरपालिका – ७ चुवा निवासी ३२ वर्षीय माधव गिरीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

मंगलबार दिउँसो अन्दाजी १:०९ बजेको समयमा पोखरा–सराङकोट सडकखण्ड स्थित गुम्बा नजिकै मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३२ कै गोविन्द गिरी घाइते हुन पुगेका छन् । उनको फिष्टेल अस्पतालमा उपचार भइरहेको छ ।

दुई जना ग १८ प ४८१४ नम्बरको मोटरसाइकलमा पोखरा आउँदै थिए । गुम्बा नजिक आइपुग्दा मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक गिरी घाइते भएपछि तत्काल उपचारका लागि सहारा अस्पताल भर्ना गरिएपनि उपचारका क्रममा उनको ज्यान गएको हो । घाइते गोविन्दको स्वास्थ्य अवस्था मध्यम रहेको वरिष्ठ प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पोखरेलको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds