लमजुङको क्वहोलासोथरस्थित विद्यालयमा चट्याङ लाग्दा एक विद्यार्थीको मृत्यु, ११ जना घाइते

लमजुङको क्वहोलासोथरस्थित विद्यालयमा चट्याङ लाग्दा एक विद्यार्थीको मृत्यु, ११ जना घाइते

chattyang

सांकेतिक तस्विर

लमजुङ  – विद्यालयमा अचानक परेको चट्याङ लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको क्वहोलासोथर गाँउपालिका वडा नं -४ स्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा आज अपराहन्न ३:५० बजेको समयमा परेको चट्याङ लागेर सोही विद्यालयमा अध्यनरत ९ जना विद्यार्थीसहित दुई जना शिक्षिकाहरु घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यस्तै क्वहोलासोथर गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार घाइते मध्ये गम्भीर रहेका दुई जनालाई उपचारका लागि हेलिकप्टर मार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएपनि उपचारकै क्रममा चिकित्सकले साँझ ५ बजेतिर क्वहोलासोथर गाँउपालिका – ४ भुजुङ बस्ने १८ वर्षीय बिनोद विश्वकर्मालाई मृत घोषणा गरेका छन् । विश्वकर्मा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।

घटनामा अर्का घाइते छबिन्द्र गुरुङको उपचार भईरहेको छ । भने, शिक्षिका सहित अन्य सबै घाइतेको स्वास्थ्य अवस्था सामान्य छ ।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले घाइतेहरुको उद्धार तथा घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds