नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दी सुरु गरेको बताएका छन्। सानेपामा सुरु भएको माधवकुमार नेपाल समूहको राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पार्टीसँग सल्लाहबिना उहाँ अघि बढ्नु भयो। निर्वाचन घोषणा पत्रमा देशसामु गरेका कुनै पनि प्रतिवद्धतालाई केपी ओली सरकारले लागू गर्न सकेनु, उनले भने, निर्वाचनको प्रतिवद्धता अनुसार बजेट लागु गर्न पनि सक्नु भएन। पार्टीका विचार र भावनालाई लागु गर्न सक्नु भएन।
उनले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगाए। ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने कुरा अगाडि सारेु, उनले भने, तीन चार सयभन्दा मानिसहरु विभिन्न तहमा नियुक्त भए। पार्टीले भनेका र योग्य मानिसहरु क्षमतावान मानिसहरु नियुक्ति गरिएन। आफ्ना धुपौरेहरुलाई नियुक्ति गरे। जनताले समेत केपी ओलीलाई दुत्कारे।
उनले ओलीले नै पार्टीमा गुटबन्दी सुरु गरेको आरोप लगाए। केपी ओलीले नै गुटबन्दी सुरु गरेका हुन्। मदन भण्डारी फाउन्डेसन चलाएर गुट चलाएु, उनले भने, ओलीले विभाजनतर्फ लानु भएको छ। हामीले त्यसलाई रोकेर जवाफ दिनुपर्छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु