पोखराका होटलहरुले ई–सेवाबाटै भुक्तानी गर्न मिल्ने सुविधा थप्दैछन् । त्यसका लागि भुक्तानी सेवा प्रदायक ईसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरशीपका लागि सम्झौता भएको छ ।
योसँगै अबदेखि पोखराका होटलमा बस्दा नगद नै चाहिने झन्झटको समेत अन्त्य हुनेछ । बुधबार पोखरामा एक कार्यक्रमबीच ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरे ।
सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोगमा ल्याउने छन् । सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग र प्रोत्साहन गर्ने छन् भने फोनपेले इसेवा लगायत उसका अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रबद्र्धनमा सघाउने छन् ।
शुभारम्भ समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरीप्रसाद भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पु¥याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढावा दिन सकिने उनले बताए । राष्ट्र बैंकले यस्तो भुक्तानीलाई प्रोत्साहन गर्दै आएको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने भनाई राखे । डिजिटल मुभमेण्टलाई अगाडि बढाउने विषयमा संघ प्रतिवद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्यू आर कोडलाई बढी भन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गरे ।
फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले इसेवा, फोनपे, डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग, महत्व तथा फाइदाका बारेमा कार्यक्रममा बताएका थिए । संघले संचालन गरेको जाउँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल विषयमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट सहयोग रहने उनले सो अवसरमा बताए ।
होटल संघ नेपालका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रबद्र्धन र डिजिटल प्रणालीको विकास र महत्वका बारेमा भनाई राखेका थिए । कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका प्रवीणराज पन्त, फोन पे समूहका चिफ अपरेटिङ अफिसर शिशिर पछाइ र संघका महासचिव गणेशराज पहारीले पनि भनाई राखेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’