पोखराका होटलहरुले ई–सेवाबाटै भुक्तानी गर्न मिल्ने सुविधा थप्दैछन् । त्यसका लागि भुक्तानी सेवा प्रदायक ईसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरशीपका लागि सम्झौता भएको छ ।
योसँगै अबदेखि पोखराका होटलमा बस्दा नगद नै चाहिने झन्झटको समेत अन्त्य हुनेछ । बुधबार पोखरामा एक कार्यक्रमबीच ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरे ।
सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोगमा ल्याउने छन् । सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग र प्रोत्साहन गर्ने छन् भने फोनपेले इसेवा लगायत उसका अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रबद्र्धनमा सघाउने छन् ।
शुभारम्भ समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरीप्रसाद भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पु¥याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढावा दिन सकिने उनले बताए । राष्ट्र बैंकले यस्तो भुक्तानीलाई प्रोत्साहन गर्दै आएको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने भनाई राखे । डिजिटल मुभमेण्टलाई अगाडि बढाउने विषयमा संघ प्रतिवद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्यू आर कोडलाई बढी भन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गरे ।
फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले इसेवा, फोनपे, डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग, महत्व तथा फाइदाका बारेमा कार्यक्रममा बताएका थिए । संघले संचालन गरेको जाउँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल विषयमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट सहयोग रहने उनले सो अवसरमा बताए ।
होटल संघ नेपालका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रबद्र्धन र डिजिटल प्रणालीको विकास र महत्वका बारेमा भनाई राखेका थिए । कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका प्रवीणराज पन्त, फोन पे समूहका चिफ अपरेटिङ अफिसर शिशिर पछाइ र संघका महासचिव गणेशराज पहारीले पनि भनाई राखेका थिए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु