टीम (TIM) को बृहत शैक्षिक फेयर ‘भोलि’, सम्पूर्ण तयारी पूरा

टीम (TIM) को बृहत शैक्षिक फेयर ‘भोलि’, सम्पूर्ण तयारी पूरा

Skip-ads

पोखरामा लामो समयदेखि शैक्षिक परामर्श गर्दै आइरहेका संस्थाहरुको संयूक्त आयोजनामा टीम (Tim) एजुकेशन एण्ड करियर फेयर २०२१ को तयारी पूरा भएको छ ।

भोलि शुक्रबार-चैत ६ (मार्च १९ ) शुक्रबार हुने मेलामा पोखराका अग्रणी परामर्शदातृ संस्थाहरु मिराकल इन्स्टिच्युट प्रा. लि. , थर्ड आई एजुकेसन, इम्पल्स एजुकेसनमिराई कन्सल्टेन्सीले संयुक्त रुपमा उक्त मेलाको आयोजना गरेका हुन् ।पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा हुन लागेको फेयरको तयारी पुरा भएको आयोजक टिमले बताएको छ । १००० (हजार) जना भन्दा बढी सहभागी हुने लक्ष्य लिएको उक्त टिमले सम्पूर्ण तयारी पूरा गरेको हो ।

मेलामा २० भन्दा बढी अन्तर्राष्ट्रय कलेज एवम् युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने छन् । नेपाली विद्यार्थीलाई यूके, यूएसए, क्यानडा, अष्ट्रेलिया, जापानको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्तिको विषयमा एकै स्थानबाट पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो ।

फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिइनेछ । साथै, फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउनेछन्। यो सँगसँगै प्रत्येक सहभागीले १०० को मोबाइल रिचार्ज पाउने छन् र सहभागी मध्येबाट गोलाप्रथाबाट छनोट गरी भाग्यमानी १ जनालाई ट्याब र १ जनालाई पोखरा-काठमाडौँ-पोखराको फ्लाईट टिकट पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जानकारी दिए ।फेयरलाई सिड्नी मेट्रो कलेज सहयोग गरेको छ भने ट्राभलर्स पार्टनरमा ऐश्वर्य ट्राभल्सले साथ दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ